दफा ४
एजेण्टमा नाम दर्ता गर्ने
(१) यो ऐन प्रारम्भ भएपछि कुनै एजेण्ट हुन चाहने व्यक्तिले एजेण्टमा
आफनो नाम दर्ता गराउन तोकिएबमोजिम विवरणहरु खुलाई तोकिएको अधिकारी छेउ दरखास्त
दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिम कसैको दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिएको
दस्तूर र धरौट दाखिल गराई सो दरखास्तवालालाई तोकिएबमोजिमको कबूलियत गराई एजेण्टमा
नाम दर्ता गर्न सक्नेछ ।
(३) यस दफा अन्तर्गत एजेण्टमा नाम दर्ता गर्दा नेपालका नागरिकलाई प्राथमिकता
दिइनेछ ।